logo

नेपाल सरकार

शिक्षा मन्त्रालय

शिक्षा विभाग

जिल्ला शिक्षा कार्यालय, भोजपुर

सानोदुम्मा माध्यमिक विद्यालय

Government of Nepal

Ministry of Education

Department of Education

District Education Office, Bhojpur

SANODUMMA SECONDARY SCHOOL


मन्तब्य

विद्यालय समुदायद्वारा समुदायकै निम्ति स्थापित सामाजिक संस्था हो । जसले समुदायको आवश्यकता अनुसारको हरेक तहको जनशक्ति उत्पादनको आधारशिला तयार गरी सहयोग पुरयाउदछ । राज्यको शैक्षिक योजना–कार्यक्रमहरु कार्यन्वयनमा प्रत्यक्ष रुपमा समुदायसँग सम्बन्ध राख्ने निकायको रुपमा पनि विद्यालयल रहेको हुन्छ ।विद्यालयको मूलभूत उद्देश्य भनेको बालबालिकाको शैक्षिक विकास गराउनु हो । अर्थात विद्यालयले सबैभन्दा ध्यान पु¥याउनु पर्ने पक्ष भनेकै बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गराउनु हो । यसको अलवा शैक्षिक उपलब्धिलाई सघाउ पुरयाउने अन्य धेरै पक्षहरुमा पनि विद्यालयले ध्यान पुरयाउनु पर्ने हुन्छ । किनकि विद्यालय भनेको बालबालिकाको सर्वाङ्गिण पक्षको विकास गराउने अवसर प्रदान गर्ने थलो पनि हो । विद्यालय शैक्षिक उद्देश्य परिपूर्तिको निम्ति स्थापित भएकाले सबैभन्दा महत्वपूर्ण भूमिका भनेको शिक्षक, अभिभावक र विद्यार्थीहरुको रहन्छ । शिक्षक, अभिभावक र विद्यार्थीहरु एउटा रिक्साको तीन पंग्राहरु जस्तै हुन् । ती मध्ये एउटामा खरावी वा कमजोरी आएमा पनि पुरै रक्सा सही ढंगले गुड्न सक्दैन ।यसैले विद्यालयलाई अभिभावक (समुदाय), शिक्षक, विद्यार्थी, तथा सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरुको संयुक्त प्रयासबाट सहि एवम् सहज ढंगले अगाडि बढाउन सकिन्छ। विद्यालयको वृत्ति विकास र गर्न समुदायसँग विद्यालयको सम्वन्ध गराउने पुलको रुपमा वि.व्य.स. अनि अ.शि.सं. ले प्रभावकारी भूमिका खेल्न सक्नुपर्दछ । अनि विद्यालय प्रशासकको रुपमा रहने प्रधानाध्यापकले अझ प्रष्ट दुरदर्शिताका साथ सिर्जनशील–प्रगतिशील कार्य तथा सबैसँग सहकार्य गरी अगाडी बढ्न सक्नु पर्दछ । शिक्षकहरुले दत्तचित्त भएर शिक्षण कार्यलाई कर्तव्य ठान्न सकेमा त्यसैगरी विद्यार्थीहरुले पनि लगनशील भइदिएमा र अभिभावकहरुले पनि विद्यालय तथा बालबालिकाहरुको शैक्षिक पक्षमा थोरै मात्र भए पनि समय र ध्यान पुरयाउने हो भने हाम्रा विद्यालयहरुको खस्केको अवस्था अवश्य सुधार हुने थियो ।
वास्तवमा परिवर्तन भनेको जादुको छडि जस्तो पलक भरमा हुन सक्दैन । त्यसैले हामीले द्यैर्य र लगनशीलताका साथ कर्म गर्न भने छाड्नु हुन्न । असल कर्मको फल अवश्य थोरै भए पनि एक दिन देखिन्छ । त्यसैले आफनो कर्तव्य र जिम्मेवारीलाई वहन गरी प्रतिवद्ध भइ लागि पर्न पछि पर्नु हुन्न । यस किसिमको कार्यमा खास गरी विद्यालय परिवारका प्रधानाध्यापक र शिक्षकहरुले बढि जोड दिनुपर्ने नेपालको वर्तमान अवस्था हो । किनकि हाम्रा समुदायहरु विद्यालय प्रति सचेत नहुन सक्दछन् । आर्थिक तथा भौतिक लगानी गर्न नसक्ने अवस्थाका हुन सक्दछन् । यी र यस्ता कैयन कठिन परिस्थितिहरुमा पनि शिक्षकहरु कदापि कर्तव्य पथबाट पछाडि हट्नु हुन्न ।धैर्यताका साथ परिश्रम–मेहनेत गरे विश्वासका साथ भन्न सकिन्छ कि एक दिन सफल हुन सकिन्छ, त्यसको प्रतिफल अवश्य आउनेछ । सम्बन्धित निकायहरुले पनि असल कर्म गर्ने र नगर्ने बीच सही मूल्याङकन गरी प्रोत्साहन गर्न सक्नु पर्दछ । सबैलाई एउटै चस्माले हेर्ने वा “उही मूलाको ड्याङ” मान्ने प्रवृत्तिले असल कर्म गर्ने र गरिरहेकाहरुको आत्मवल गिर्न सक्दछ या आत्मामा चोट पुग्न सक्दछ । कसले के काम गरयो ? भन्दा पनि कसलेकस्तो परिस्थितिमा? कुन स्थान परिवेशमा ?के ? कति काम गरयो ? भन्ने कुराको सही मूल्याङकन भएको खण्डमा सबैलाई हौसला मिल्न सक्दछ । तथापि कसैले पनि फाल्तु केही प्राप्तिको अपेक्षामा कर्म गर्नु राम्रो होइन । हामी विद्यालय शिक्षा क्षेत्रमा रहेका जनशक्तिको मूल अपेक्षा नै विद्यार्थीहरुको उच्चतम शैक्षिक उपलब्धि र विद्यालयको समग्र पक्षको रुपान्तरण गराउनु हुनु पर्दछ । त्यसैमा हामी सबैको व्यक्तिगत तथा समाज र राष्ट्रको भलाइ छ ।
आजको युग सुचना तथा सञ्चार प्रविधिको युग हो । यसको आवश्यक्ता र महत्वको चर्चा परिचर्चा जति नै गरे तापनि कम नै हुन्छ ।सुचना तथा सञ्चार प्रविधिको पहुँचमा पुग्न नसक्ने हरेक व्यक्ति वा संध संस्था समय भन्दा एक कदम पछाडि नै पर्दछ । त्यसैले हरेक विद्यालयहरुले विश्वलाई चिहाउन तथा आफूलाई विश्वासामु प्रस्तुत गर्नको निम्ति भए पनि आधिकारिक वेबसाइट निर्माण गर्नु पर्ने अत्यावश्यक भइसकेको परिप्रेक्षमा सानोदुम्मा माध्यमिक विद्यालयको वेबसाइट निर्माण गरिएको छ ।यसबाट विद्यालयको सम्पूर्ण गतिविधिहरु सम्पूर्ण सरोकारवाला निकाय, व्यक्ति तथा विश्वसामू सहज रुपमा पुरयाउने लक्ष्य तथा उद्देश्य राखिएको छ । यो एक सामुदायिक विद्यालयको वेबसाइट हो । फेसबुक पेज वा न्यूज पोर्टल साइट जस्तो छिनछिनमा अपडेटको अपेक्षा कोही कसैले नराख्नु नै बुद्धिमानी हुनेछ । तथापि विद्यालयद्वारा गरिने सम्पूर्ण क्रियाकलापहरु, नविनतम एवम प्रगतिशील कार्यहरुका जानकारीहरु यथासक्दो समयमै अपडेट गर्ने जमर्को गरिनेछ ।
अन्त्यमा यो वेबसाइट निर्माणमा सहयोग पुरयाउनुहुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।
धन्यवाद । सेउवा । नमस्कार ।