logo

नेपाल सरकार

शिक्षा मन्त्रालय

शिक्षा विभाग

जिल्ला शिक्षा कार्यालय, भोजपुर

सानोदुम्मा माध्यमिक विद्यालय

Government of Nepal

Ministry of Education

Department of Education

District Education Office, Bhojpur

SANODUMMA SECONDARY SCHOOL


सानोदुम्मा माध्यमिक विद्यालयको ऐतिहासिक पृष्ठभूमि

भोजपुर जिल्लाकोे दक्षिण पूर्वी क्षेत्रमा रहेको सानोदुङमा गा.वि.स. भूगोल एवम् प्राकृतिक, आर्थिक, शैक्षिक लगायत अन्य हरेक दृष्टिकोणले पछि परेको स्थानको रुपमा परिचित रहेको छ । तथापि, विगतमा प्रजातन्त्रको स्थापना काल ताका नै यस क्षेत्रका दिग्गज व्यक्तित्वहरुको विशेष पहलमा औपचारिक रुपमा विद्यालय स्थापना गरी शैक्षिक स्तर उकास्न खोजिएको प्रयास नितान्त रुपमा सरहनिय कार्य हो । ऐतिहासिक कालमा यो क्षेत्र किरात राईहरुको विशेष बसोवास क्षेत्र भए तापनि पछिल्लो समयमा करिव एक दर्जन जातजातिहरुको सामूहिक मिश्रित समुदायको साझा बसोवास स्थलको रुपमा रहेको छ । किरात राईहरुको बाहुल्यता रहेको जिमि गाउँमा तत्कालिन समयमा अधिकांश पुरुषहरु भारतीय तथा ब्रीटिस सेनामा भर्ती हुन जाने प्रचलन रहेको थियो । तिनलाई स्थानीय वोलीचालीमा गाउँघरमा लाहुरे भन्ने गरिन्छ । वास्तवमा तीनै भारतीय तथा ब्रीटिस सेनाबाट सेवा निवृत भएका लाहुरे व्यक्तिहरुले विदेशको शैक्षिक विकासको लहर देखेर अनि अनुभूति गरेर आएपछि गाउँमा विद्यालय खोल्न प्रेरित भएको स्थानीय जानकारहरुको कथन रहेको पाइन्छ । यो विद्यालय तिनै विदेशी लाहुरे सेवा छाडेर गाउँ फर्किएका पेन्सनियरहरुको विशेष चाखमा स्थापना हुन पुगेको कुरामा द्विमत हुन सक्दैन । आजभोलि जस्तो लाहुरेहरु गाउँबाट पलायन हुने प्रवृत्ति उतिबेला खासै नभएका गाउँमा कमसे कम एउटा विद्यालय स्थापनाले साकार रुप लिएको हो । किरात राईहरुको बहुल्यता रहेको वस्ती भएकाले किरात राईहरुले आफ्नो मौलिक संस्कृति वा चाड साकेवा अथवा प्रशिद्ध किराती धार्मिक स्थल झ्याम्टे थानको नाममा यस विद्यालयको नामाकरण समेत शुरुमा झ्याम्टे स्कूल रारिएको देखिन्छ । विद्यालय स्थापनामा लाहुरेहरुको मात्र भूमिका थिएन । यहाँका समाजसेवी तथा अग्रणी व्यक्तित्व र सर्वसधारण सबैको उतिकै साथ सहयोगले यो विद्यालय स्थापना सफल भएको स्थानीय जानकार व्यक्तिहरु बताउदछन् । यस दुङमा क्षेत्रको सबैभन्दा पुरानो एवम् लामो ऐतिहासिक पृष्ठभूमि रहेको विद्यालय भइकन पनि विभिन्न समय परिस्थितिमा थुप्रै उतारचढावहरु बेहोर्दै आएको देखिन्छ । यहाँ बुदागत रुपमा विद्यालयको प्रमुख ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गरिएको छ ।  वि.सं. २०१० साल बैशाख ११ गते स्थानीय शिक्षाप्रेमीहरु तथा सर्वसधारणहरुको विशेष पहलमा झ्याम्टे विद्यालयको नामबाट औपचारिक रुपमा स्थापित ।  वि.सं. २०११ साल जेठ १ मा डिष्ट्रिक सोल्जर बोर्ड भोजपुरमा झ्याम्टे अपर प्राइमरी स्कूलको नामबाट स्वीकृत भइ सञ्चालन निरन्तरता ।  वि.सं. २०२० साल माघ ९ गते वि.जि.शि.नि. भोजपुुर बाट झ्याम्टे मिडिल इङलिस स्कूलको नाममा स्वीकृत भइ सञ्चालन निरन्तरता ।  वि.सं. २०३१ पौष १ गते देखि सानोदुम्मा प्राथमिक विद्यालय नामाकरण हुनुको साथै कक्षा–७ सम्मको पठन पाठनलाई कक्षा १–३ मा सीमित गरिएको ।  वि.सं.२०४१ सालमा तत्कालिन विद्यालय परिवारको विशेष पहलमा कक्षा–४ सञ्चालन अनुमति प्राप्त ।  वि.सं.२०५९ भाद्र ३० गते क्षेत्रिय शिक्षा निर्देशनालयबाट नि.मा.तह कक्षा–६ सञ्चालन अनुमति प्राप्त ।  वि.सं. २०६७ बैशाख १४ गते मा.तह (कक्षा–९) सञ्चालन अनुमति प्राप्त ।  वि.सं. २०६८ साल देखि प्रवेशिका परीक्षामा विद्यार्थीहरु सामेल गराउन सफल ।